समाचार
अङ्गीकृत नागरिकता सिफारिस
सेवा प्रकार:
लाग्ने समय:
सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष ̷ वडा सदस्य ̷ वडा सचिव सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
स्थानीय तहको निर्णयानुसार
आवश्यक कागजातहरु:
- निवेदन पत्र र अङ्गिकृत नागरिकता प्राप्त गर्न खोजेको स्पष्ट आधार
- साबिक मुलुकको नागरिकता परित्याग गरेको वा परित्याग गर्न कारबाही चलाएको पुष्टि गर्ने कागजातहरु
- नेपालमा १५ बर्षदेखि कुनै ब्यबसाय वा काम गरी बसेको प्रमाणपत्रको प्रतिलिपि
- वैवाहिक अङ्गिकृत नागरिकताका लागि विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि र सम्बन्धित देशको आधिकारिक प्रमाणपत्र
- नेपाली भाषा लेख्न बोल्न जान्ने प्रमाण कागजातहरु
- पासपोर्ट साइजको फोटो ३ प्रति
- चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद
- सर्जमिन मुचुल्का
प्रक्रिया:
- निवेदन सहित तोकिएको कागजातहरु पेस गर्ने
- वडा अध्यक्ष ̷ वडा सदस्य ̷ वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
- निवेदन दर्ता गर्ने
- तोकिएको कर्मचारिले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने, कानुनि राय आवश्यक भएमा राय सोध्ने
- निवेदनले तोकिएको शुल्क बुझाउन
- चलानी गरी निवेदनलाई सिफारिस उपब्ध गराउने
- अनुसूची ८ को ढाँचामा नागरिकता सिफारिसको अभिलेख राख्ने