सहिद लखन गाउँपालिकाको आर्थिक वर्ष २०८१/८२ को वार्षिक समीक्षा कार्यक्रम आज मिति २०८२।०४।१६ गते गाउँपालिकाको बहुउद्देश्यीय सभाहलमा सम्पन्न गरियो। यस कार्यक्रमको अध्यक्षता गाउँपालिकाका अध्यक्ष श्री रमेश बाबु थापा मगरज्यूले गर्नुभएको थियो र कार्यक्रममा गोरखा जिल्ला समन्वय समितिका उपप्रमुख श्री लिला परियारज्यू प्रमुख अतिथिको रूपमा उपस्थित हुनुभएको थियो। साथै कार्यक्रममा गाउँपालिका उपाध्यक्ष श्री इन्दिरा तिवारीज्यू, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री बाबुराम मगरज्यू, १ देखि ९ नं वडाका वडा अध्यक्षज्यूहरू, गाउँ कार्यपालिका सदस्यज्यूहरू, शिक्षा समितिका सदस्यज्यूहरू लगायत गाउँसभा सदस्यज्यूहरू
समाचार
ग्यालरी






























आज मिति २०८२।०४।०४ गते यस गाउँपालिकाका अध्यक्ष रमेश बाबु थापा मगरले उपाध्यक्ष, वडा अध्यक्षहरू, गाउँ कार्यपालिका सदस्यहरू तथा प्रमुख प्रशासकीय अधिकृतसँग चालू आव २०८२/०८३ को लागि कार्यसम्पादन करार सम्झौता सम्पन्न गर्नुभएको छ।














सहिद लखन गाउँपालिकाको गाउँसभाको सत्रौं अधिवेशन आज मिति २०८२ साल असार ९ गते सोमबारका दिन सम्पन्न भएको छ । आन्तरिक स्रोतबाट रु २ करोड ३७ लाख ८० हजार रुपैयाँ राजस्व प्राप्त हुने अनुमान गरिएको छ । त्यसैगरी संघ र प्रदेश सरकारबाट राजस्व बाँडफाँडमा प्राप्त हुने मूल्य अभिवृद्धि कर, अन्तःशुल्क, विद्युत रोयल्टी, घरजग्गा दर्ता दस्तुर, सवारी साधन कर लगायतका शीर्षकहरूमा रु ११ करोड ६१ लाख ७४ हजार १ सय ९२, संघीय समानीकरण अनुदानबाट रु १४ करोड १६ लाख, संघीय सशर्त अनुदान चालु रु २४ करोड ९८ लाख, संघीय सशर्त अनुदान पूँजीगत रु २१ लाख, संघीय विशेष पूँजीगत अनुदान रु १ करोड ६ लाख, संघीय समपूरक अनुदान पूँजीगत रु ८७ लाख प्राप्त हुने अनुमान रहेको छ । त्यसै गरी गण्डकी प्रदेश सरकारबाट प्रदेश समानीकरण अनुदान तर्फ रु १ करोड ९९ लाख ७८ हजार, प्रदेश समपूरक अनुदान पूँजीगतमा रु ६० लाख र प्रदेश विशेष अनुदानमा रु ४० लाख गरी प्रदेशबाट रु २ करोड ९९ लाख ७८ हजार, गत वर्षको नगद मौज्दात अनुदान र जनसहभागिता समेत गरी आगामी आर्थिक वर्षका लागि रु ५९ करोड ८२ लाख ८७ हजार १ सय ९२ रकम बराबरको विनियोजन गरिएको छ । उक्त रकम चालू आर्थिक वर्षका लागि विनियोजन गरिएको रकमभन्दा करिब १ प्रतिशत कम छ । विनियोजित रकममध्ये करिब २२ प्रतिशत पूँजीगत र ७८ प्रतिशत चालू खर्च रहेको छ । विषयक्षेत्रगत विनियोजन तर्फ २.४ प्रतिशत रकम आर्थिक विकास क्षेत्रमा, १०.४ प्रतिशत रकम सामाजिक विकास क्षेत्रमा, १४.२ प्रतिशत रकम पूर्वाधार विकास क्षेत्रमा, २.७ प्रतिशत सुशासन तथा अन्तरसम्बन्धित क्षेत्र (वन वातावरण तथा विपद् व्यवस्थापन समेत), कार्यालय सञ्चालन तथा प्रशासनिक खर्च (तलब भत्ता समेत) १८.६ प्रतिशत, सशर्त र विशेष अनुदानअन्तर्गतका योजना कार्यान्वयनका लागि ५१.७ प्रतिशत रकम विनियोजन गरिएको छ ।
आज मिति २०८२।०२।२० गते यस गाउँपालिकामा गाउँपालिकाका अध्यक्ष रमेश वावु थापा मगर ज्यूको अध्यक्षतामा तथा गाउँपालिका उपाध्यक्ष इन्दिरा तिवारी, प्रमुख प्रशासकीय अधिकृत बाबुराम मगरज्यू उपस्थितिामा केन्द्रीकृत नागरिकता सूचना व्यवस्थापन प्रणाली सम्बन्धी अभिमुखीकरण कार्यक्रम सफलतापूर्वक सम्पन्न गरियो। यस कार्यक्रममा वडा सचिवहरु र वडाका कर्मचारीहरुको सहभागिता रहेको थियो। साथै यस कार्यक्रमको प्राविधिक सत्रमा सूचना प्रविधि अधिकृत अर्विन थापा र कम्प्यूटर अपरेटर रामचन्द्र गिरीज्यूले सहजीकरण गर्नुभयो थियो। यो कार्यक्रमले गाउँपालिकाको नागरिकता सेवालाई थप व्यवस्थित र प्रभावकारी बनाउने दिशामा महत्वपूर्ण भूम
मिति २०८२।०२।१४ गते अन्तर्राष्ट्रिय महिनावारी स्वच्छता दिवस (May २८) को उपलक्ष्यमा "मासिक धर्म स्वच्छता, किशोरीहरूको अधिकार र आवश्यकता" विषयक माध्यमिक विद्यालय स्तरको बक्तृत्वकला प्रतियोगिता सहिद लखन गाउँपालिका सभाहलमा सम्पन्न भएको छ। यस प्रतियोगितामा १० विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको थियो।
वक्तृत्वकला प्रतियोगिताका विजेताहरू:
प्रथम: आर्या गौतम, जनशक्ति माध्यमिक विद्यालय
द्वितीय: रिस्ता खनाल, शहिद स्मृति माध्यमिक विद्यालय
तृतीय: विमला बि.क., वक्रेश्वर माध्यमिक विद्यालय
सान्त्वना: विनिशा कँडेल, हिमालय माध्यमिक विद्यालय










मिति २०८२ साल जेठ १३ गते मंगलबारका दिन सहिद लखन गाउँपालिकाको प्रमुख प्रशासकीय भवनको समुद्घाटन एक समारोहकाबीच पूर्व प्रधानमन्त्री, ने.क.पा माओवादी केन्द्रका अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य माननीय पुष्प कमल दाहाल प्रचण्डज्यूबाट सम्पन्न भएको छ । उक्त कार्यक्रमको अध्यक्षता सहिद लखन गाउँपालिकाका अध्यक्ष रमेश बाबु थापा मगर, प्रमुख अतिथि पूर्व प्रधानमन्त्री, ने.क.पा माओवादी केन्द्रका अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य माननीय पुष्प कमल दाहाल प्रचण्डज्यू, विशेष अतिथि गण्डकी प्रदेशका माननीय मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेज्यू, गण्डकी प्रदेश सभाका सभामुख माननीय कृष्ण प्रसाद धितालज्यू, प्रतिनिधि सभा सदस
आज मिति २०८२।०२।०६ गते शहिद लखन गाउँपालिका वडा नं ८ स्थित कुवापानी टोल मा सामी कार्यक्रम अन्तर्गत गहन अभिमुखीकरण वार्ड नं ८ का आदरणिय वडा सदस्य श्री ओम बहादुर खड्काज्यूको अध्यक्षतामा सम्पन्न भयो ।



आज मिति २०८२।०२।०६ गते गण्डकी प्रदेश सभाका माननीय सभामुख कृष्ण प्रसाद धितालज्यूको अध्यक्षतामा आ.व. २०८१/८२ का चालु योजनाहरूको प्रगति तथा अवस्थितिबारे समीक्षा एवं छलफल कार्यक्रम सम्पन्न भयो। कार्यक्रममा जिल्ला समन्वय समिति, गोरखा उपप्रमुख श्री लिला परियार, गाउँपालिकाका अध्यक्ष श्री रमेश वावु थापा मगर, गाउँपालिकाका उपाध्यक्ष श्री इन्दिरा तिवारी, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्षहरू, गाउँ कार्यपालिका सदस्यहरू, गोरखा जिल्लाभित्रका विभिन्न सरकारी कार्यालयका प्रमुखहरू तथा गाउँपालिकाका विभिन्न शाखाका कर्मचारीहरूको उपस्थिति रहेको थियो ।




















मिति २०८२।०२।०४ गते शहिद लखन गाउँपालिका वडा नं. ६ स्थित रानीस्वारा टोल मा सामी कार्यक्रम अन्तर्गत एक दिवसीय वित्तीय साक्षरता कार्यक्रम यसै टोलका टोल विकास संस्थाका अध्यक्ष श्री सुदिप थापा ज्यु को अध्यक्षतामा सम्पन्न भयो ।




