मिति २०८२।०१।१९ गतेका दिन शहिद लखन गाउँपालिकाका आदरणीय अध्यक्ष श्री रमेश वावु थापा मगर ज्यूको अध्यक्षतामा तथा गोरखा अस्पतालका डा. सन्तोष सिटौला र गाउँपालिकाका डा. प्रतिक्षा ढकालको नेतृत्वमा रहेको प्राविधिक टोलीले प्रविधिक सहयोगमा वडा नं. २ बेतिनि र वडा नं. ४ को कार्यालय परिसरमा नसर्ने रोगको स्क्रिनिङ तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न भयो।
कार्यक्रममा गरिएका मुख्य जाँचहरू:
✔ कुल २२१ जनाको स्वास्थ्य परीक्षण
✔ Lipid profile, Blood sugar, Uric acid
✔ Liver function test, Renal function test
उपलब्धिहरू:
✔ ५८ जना नयाँ उच्च रक्तचाप विरामी पहिचान
समाचार
ग्यालरी











मिति २०८२।०१।१६ गते शहिद लखन गाउँपालिकाको खासस्व योजना (WASH PLAN) निर्माणको लागि वडा नं. ४ मा सूचना तथा तथ्याङ्कहरूको रुजु, छलफल, परामर्श तथा वडा स्तरीय प्रमाणीकरण कार्यका लागि कार्यशाला कार्यक्रम सफलतापूर्वक सम्पन्न भयो।



मिति २०८२।०१।१५ गते शहिद लखन गाउँपालिकाको खासस्व योजना (WASH PLAN) निर्माणको लागि वडा नं. २ र ३ मा सूचना तथा तथ्याङ्कहरूको रुजु, छलफल, परामर्श तथा वडा स्तरीय प्रमाणीकरण कार्यका लागि कार्यशाला कार्यक्रम सफलतापूर्वक सम्पन्न भयो।




मिति २०८२।०१।१४ गते शहिद लखन गाउँपालिकाको खासस्व योजना (WASH PLAN) निर्माणको लागि वडा नं. ५ मा सूचना तथा तथ्याङ्कहरूको रुजु, छलफल, परामर्श तथा वडा स्तरीय प्रमाणीकरण कार्यका लागि कार्यशाला कार्यक्रम सफलतापूर्वक सम्पन्न भयो।




मिति २०८२।०१।१५ गते शहिद लखन गाउँपालिकाद्वारा आयोजित पूर्ण खोप पालिका घोषणा तथा दिगोपना सुनिश्चिता कार्यक्रम गाउँपालिका उपाध्यक्ष श्री इन्दिरा तिवारीज्यूको अध्यक्षतामा तथा जिल्ला समन्वय समिति गोरखाका प्रमुख श्री मोहन बहादुर थापा मगरज्यू प्रमुख अतिथिको रुपमा सम्पन्न भयो। यसै अवसरमा शहिद लखन गाउँपालिका गोरखा जिल्लाकै "पूर्ण खोप पालिका" घोषणा गर्ने पहिलो पालिका भएको छ।














मिति २०८२।०१।१३ गते शहिद लखन गाउँपालिका–०६ घलेडाँडा स्थित कफी भवनमा गाउँपालिकाका आदरणीय अध्यक्ष श्री रमेश बाबु थापा मगरज्यूको अध्यक्षतामा रासायनिक मल सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ।





आज मिति २०८२।१।११ गते शहिद लखन गाउँपालिका तथा प्रदेश स्वास्थ्य निर्देशनालय, पोखराको संयुक्त आयोजनामा "पारिवारिक तथा जनसांख्यिकीय लागत संकलन अध्ययनको नतिजा प्रकाशन" कार्यक्रम यस गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री बाबुराम मगरज्यूको अध्यक्षतामा सम्पन्न भयो। कार्यक्रममा वडाध्यक्षज्यूहरू, प्रदेश स्वास्थ्य निर्देशनालय, पोखराबाट श्री प्रविण भण्डारी, प्रदेश जनस्वास्थ्य कार्यालय, गोरखाबाट श्री नानि वावु दानि, श्री स्मृति चौधरी, स्वास्थ्य शाखा प्रमुख श्री वीरेन्द्र श्रेष्ठ तथा गाउँपालिकाभित्रका सबै स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरू सहभागिता जनाउँदै सहजीकरण गर्नुभएको थियो।








आज मिति २०८२।०१।१० गते १ नं.




मिति २०८१/१२/०९ गते शहिद लखन गाउँपालिकाका अध्यक्ष रमेश वावु थापा मगरज्यूको अध्यक्षतामा वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, वडा सचिब र वडा कम्प्युटर सहायकहरूलाई घटना दर्ता (पञ्जीकरण) र नागरिकता सम्बन्धी अभिमुखीकरण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।
कार्यक्रममा विशेष उपस्थिति र प्रशिक्षकको रूपमा जिल्ला प्रशासन कार्यालय, गोरखाका प्रमुख जिल्ला अधिकारी पुन्य विक्रम पौडेलज्यू र सहायक प्रमुख जिल्ला अधिकारी चित्राङगत बरालज्यूको उपस्थित रहेको थियो।








शहिद लखन गाउँपालिका तथा केन्द्रीय रिफरल पशु चिकित्सालयको संयुक्त आयोजनामा सामुदायिक कुकुरहरूको नि:शुल्क बन्ध्याकरण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको थियो। यो कार्यक्रम चैत्र ६ देखि ८ गतेसम्म सञ्चालन गरिएको थियो। यस शिविरमा जम्मा २०८ ओटा कुकुरहरूको बन्ध्याकरण गरिएको थियो, जसमा ८२ ओटा पोथी र १२६ ओटा भाले कुकुर समावेश थिए।




