आज मिति २०८२।०२।२० गते यस गाउँपालिकामा गाउँपालिकाका अध्यक्ष रमेश वावु थापा मगर ज्यूको अध्यक्षतामा तथा गाउँपालिका उपाध्यक्ष इन्दिरा तिवारी, प्रमुख प्रशासकीय अधिकृत बाबुराम मगरज्यू उपस्थितिामा केन्द्रीकृत नागरिकता सूचना व्यवस्थापन प्रणाली सम्बन्धी अभिमुखीकरण कार्यक्रम सफलतापूर्वक सम्पन्न गरियो। यस कार्यक्रममा वडा सचिवहरु र वडाका कर्मचारीहरुको सहभागिता रहेको थियो। साथै यस कार्यक्रमको प्राविधिक सत्रमा सूचना प्रविधि अधिकृत अर्विन थापा र कम्प्यूटर अपरेटर रामचन्द्र गिरीज्यूले सहजीकरण गर्नुभयो थियो। यो कार्यक्रमले गाउँपालिकाको नागरिकता सेवालाई थप व्यवस्थित र प्रभावकारी बनाउने दिशामा महत्वपूर्ण भूम
समाचार
ग्यालरी
मिति २०८२।०२।१४ गते अन्तर्राष्ट्रिय महिनावारी स्वच्छता दिवस (May २८) को उपलक्ष्यमा "मासिक धर्म स्वच्छता, किशोरीहरूको अधिकार र आवश्यकता" विषयक माध्यमिक विद्यालय स्तरको बक्तृत्वकला प्रतियोगिता सहिद लखन गाउँपालिका सभाहलमा सम्पन्न भएको छ। यस प्रतियोगितामा १० विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको थियो।
वक्तृत्वकला प्रतियोगिताका विजेताहरू:
प्रथम: आर्या गौतम, जनशक्ति माध्यमिक विद्यालय
द्वितीय: रिस्ता खनाल, शहिद स्मृति माध्यमिक विद्यालय
तृतीय: विमला बि.क., वक्रेश्वर माध्यमिक विद्यालय
सान्त्वना: विनिशा कँडेल, हिमालय माध्यमिक विद्यालय
मिति २०८२ साल जेठ १३ गते मंगलबारका दिन सहिद लखन गाउँपालिकाको प्रमुख प्रशासकीय भवनको समुद्घाटन एक समारोहकाबीच पूर्व प्रधानमन्त्री, ने.क.पा माओवादी केन्द्रका अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य माननीय पुष्प कमल दाहाल प्रचण्डज्यूबाट सम्पन्न भएको छ । उक्त कार्यक्रमको अध्यक्षता सहिद लखन गाउँपालिकाका अध्यक्ष रमेश बाबु थापा मगर, प्रमुख अतिथि पूर्व प्रधानमन्त्री, ने.क.पा माओवादी केन्द्रका अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य माननीय पुष्प कमल दाहाल प्रचण्डज्यू, विशेष अतिथि गण्डकी प्रदेशका माननीय मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेज्यू, गण्डकी प्रदेश सभाका सभामुख माननीय कृष्ण प्रसाद धितालज्यू, प्रतिनिधि सभा सदस
आज मिति २०८२।०२।०६ गते शहिद लखन गाउँपालिका वडा नं ८ स्थित कुवापानी टोल मा सामी कार्यक्रम अन्तर्गत गहन अभिमुखीकरण वार्ड नं ८ का आदरणिय वडा सदस्य श्री ओम बहादुर खड्काज्यूको अध्यक्षतामा सम्पन्न भयो ।
आज मिति २०८२।०२।०६ गते गण्डकी प्रदेश सभाका माननीय सभामुख कृष्ण प्रसाद धितालज्यूको अध्यक्षतामा आ.व. २०८१/८२ का चालु योजनाहरूको प्रगति तथा अवस्थितिबारे समीक्षा एवं छलफल कार्यक्रम सम्पन्न भयो। कार्यक्रममा जिल्ला समन्वय समिति, गोरखा उपप्रमुख श्री लिला परियार, गाउँपालिकाका अध्यक्ष श्री रमेश वावु थापा मगर, गाउँपालिकाका उपाध्यक्ष श्री इन्दिरा तिवारी, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्षहरू, गाउँ कार्यपालिका सदस्यहरू, गोरखा जिल्लाभित्रका विभिन्न सरकारी कार्यालयका प्रमुखहरू तथा गाउँपालिकाका विभिन्न शाखाका कर्मचारीहरूको उपस्थिति रहेको थियो ।
मिति २०८२।०२।०४ गते शहिद लखन गाउँपालिका वडा नं. ६ स्थित रानीस्वारा टोल मा सामी कार्यक्रम अन्तर्गत एक दिवसीय वित्तीय साक्षरता कार्यक्रम यसै टोलका टोल विकास संस्थाका अध्यक्ष श्री सुदिप थापा ज्यु को अध्यक्षतामा सम्पन्न भयो ।
शहिद लखन गाउँपालिकाको आयोजना तथा केन्द्रिय रिफरल पशु चिकित्सालयको प्राविधिक सहयोगमा मिति २०८२/०२/०३ र ०४ गते घैरुङ्ग पिपलछापमा सञ्चालन गरिएको सामुदायिक कुकुरहरुमा निशुल्क बन्ध्याकरण शिविरमा ८९ वटा भाले र ५९ वटा पोथी कुकुर गरि जम्मा १४८ वटा कुकुरहरुमा बन्ध्याकरण गरियो |
मिति २०८२/२/१ गते शहिद लखन गाउँपालिकाको वडा नं. ३ स्थित कोट गाउँ, ओखर भञ्ज्याङ टोल मा "सुरक्षित आप्रवासन (सामी) कार्यक्रम" अन्तर्गत एक दिवसीय वित्तीय साक्षरता तालिम सम्पन्न भयो। यस कार्यक्रम सोहि टोलका टोल विकास संस्थाका अध्यक्ष श्री मित्र बहादुर थापा ज्य
मिति २०८२/१/३० गते शहिद लखन गाउँपालिका वडा नं ८ स्थित डाँडागाउँ छापथोक टोल मा सामी कार्यक्रम अन्तर्गत गहन अभिमुखीकरण वार्ड नं ८ का वडाध्यक्ष श्री बासुदेव ढकालज्युको अध्यक्षतामा सम्पन्न भयो ।
मिति २०८२/१/२६ गते शहिद लखन गाउँपालिका वडा नं. १ स्थित पिपलछाप टोलमा "सामी" कार्यक्रम अन्तर्गत एक दिने वित्तीय साक्षरता तालिम सम्पन्न भयो।