FAQs Complain Problems

ग्यालरी

मिति २०८२।१२।२५ गते, शहिद लखन गाउँपालिका बाल अधिकार संरक्षण तथा संवर्धन सम्बन्धी एकीकृत कार्यविधि, २०८२ को अधीनमा रही तपसिल बमोजिम पदाधिकारी रहने गरी गाउँपालिका स्तरीय बाल सञ्जाल समिति गठन गरियो।

आज मिति २०८२।१२।२६ गते शहिद लखन गाउँपालिका–८ स्थित जाइका भवन, खाव्दीभञ्ज्याङमा यस गाउँपालिकाको आ.व. २०८२।०८३ को दोस्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम सहमत मिडिया प्रा.लि.

,

आज मिति २०८२।०९।०९ गते शहिद लखन गाउँपालिकाका अध्यक्ष रमेश बाबु थापा मगरको अध्यक्षतामा गाउँ सभाको १८औँ अधिवेशनको पहिलो बैठक सम्पन्न भएको छ। यस बैठकमा गाउँपालिकाका उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्षहरू, गाउँ कार्यपालिका सदस्यहरू, न्यायिक समितिका सदस्यहरू, गाउँ सभा सदस्यहरू, विषयगत शाखाका प्रमुखज्यूहरू, कर्मचारीहरू तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।

, , , ,

शहिद लखन गाउँपालिकाको आयोजना भएको पालिका स्तरीय "प्रथम सहिद लखन थापा मगर स्मृति तथा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता-२०८ २" आज मिति २०८२।०८।०३ गते सम्पन्न भएको छ। गाउँपालिका भित्रका ११ वटा विद्यालयहरूको सहभागिता रहेको यस प्रतियोगितामा श्री रामेश्वरी मा.वि.ले ८ स्वर्ण, ३ रजत र २ कांस्य पदक प्राप्त गरी लगातार तेस्रो पटक प्रथम स्थान हासिल गरी रनिङ शिल्डको उपाधि आफ्नो नाम गरेका छन् भने श्री जलदेवि मा.वि.ले ६ स्वर्ण, ४ रजत र ३ कांस्य पदक प्राप्त गरी द्वितीय स्थानमा, श्री जनशक्ति मा.वि.ले ५ स्वर्ण, २ रजत पदक प्राप्त गरी तृतीय स्थान र श्री शहीद स्मृति मा.

, , , , , , ,

सहिद लखन गाउँपालिकाको आर्थिक वर्ष २०८१/८२ को वार्षिक समीक्षा कार्यक्रम आज मिति २०८२।०४।१६ गते गाउँपालिकाको बहुउद्देश्यीय सभाहलमा सम्पन्न गरियो। यस कार्यक्रमको अध्यक्षता गाउँपालिकाका अध्यक्ष श्री रमेश बाबु थापा मगरज्यूले गर्नुभएको थियो र कार्यक्रममा गोरखा जिल्ला समन्वय समितिका उपप्रमुख श्री लिला परियारज्यू प्रमुख अतिथिको रूपमा उपस्थित हुनुभएको थियो। साथै कार्यक्रममा गाउँपालिका उपाध्यक्ष श्री इन्दिरा तिवारीज्यू, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री बाबुराम मगरज्यू, १ देखि ९ नं वडाका वडा अध्यक्षज्यूहरू, गाउँ कार्यपालिका सदस्यज्यूहरू, शिक्षा समितिका सदस्यज्यूहरू लगायत गाउँसभा सदस्यज्यूहरू

, , , , , , , , , , , , , , , , , , , , , , , , , , , , ,

आज मिति २०८२।०४।०४ गते यस गाउँपालिकाका अध्यक्ष रमेश बाबु थापा मगरले उपाध्यक्ष, वडा अध्यक्षहरू, गाउँ कार्यपालिका सदस्यहरू तथा प्रमुख प्रशासकीय अधिकृतसँग चालू आव २०८२/०८३ को लागि कार्यसम्पादन करार सम्झौता सम्पन्न गर्नुभएको छ।

, , , , , , , , , , , , ,

सहिद लखन गाउँपालिकाको गाउँसभाको सत्रौं अधिवेशन आज मिति २०८२ साल असार ९ गते सोमबारका दिन सम्पन्न भएको छ । आन्तरिक स्रोतबाट रु २ करोड ३७ लाख ८० हजार रुपैयाँ राजस्व प्राप्त हुने अनुमान गरिएको छ । त्यसैगरी संघ र प्रदेश सरकारबाट राजस्व बाँडफाँडमा प्राप्त हुने मूल्य अभिवृद्धि कर, अन्तःशुल्क, विद्युत रोयल्टी, घरजग्गा दर्ता दस्तुर, सवारी साधन कर लगायतका शीर्षकहरूमा रु ११ करोड ६१ लाख ७४ हजार १ सय ९२, संघीय समानीकरण अनुदानबाट रु १४ करोड १६ लाख, संघीय सशर्त अनुदान चालु रु २४ करोड ९८ लाख, संघीय सशर्त अनुदान पूँजीगत रु २१ लाख, संघीय विशेष पूँजीगत अनुदान रु १ करोड ६ लाख, संघीय समपूरक अनुदान पूँजीगत रु ८७ लाख प्राप्त हुने अनुमान रहेको छ । त्यसै गरी गण्डकी प्रदेश सरकारबाट प्रदेश समानीकरण अनुदान तर्फ रु १ करोड ९९ लाख ७८ हजार, प्रदेश समपूरक अनुदान पूँजीगतमा रु ६० लाख र प्रदेश विशेष अनुदानमा रु ४० लाख गरी प्रदेशबाट रु २ करोड ९९ लाख ७८ हजार, गत वर्षको नगद मौज्दात अनुदान र जनसहभागिता समेत गरी आगामी आर्थिक वर्षका लागि रु ५९ करोड ८२ लाख ८७ हजार १ सय ९२ रकम बराबरको विनियोजन गरिएको छ । उक्त रकम चालू आर्थिक वर्षका लागि विनियोजन गरिएको रकमभन्दा करिब १ प्रतिशत कम छ । विनियोजित रकममध्ये करिब २२ प्रतिशत पूँजीगत र ७८ प्रतिशत चालू खर्च रहेको छ । विषयक्षेत्रगत विनियोजन तर्फ २.४ प्रतिशत रकम आर्थिक विकास क्षेत्रमा, १०.४ प्रतिशत रकम सामाजिक विकास क्षेत्रमा, १४.२ प्रतिशत रकम पूर्वाधार विकास क्षेत्रमा, २.७ प्रतिशत सुशासन तथा अन्तरसम्बन्धित क्षेत्र (वन वातावरण तथा विपद् व्यवस्थापन समेत), कार्यालय सञ्चालन तथा प्रशासनिक खर्च (तलब भत्ता समेत) १८.६ प्रतिशत, सशर्त र विशेष अनुदानअन्तर्गतका योजना कार्यान्वयनका लागि ५१.७ प्रतिशत रकम विनियोजन गरिएको छ ।

, , , , , , , , , , , , , , , , , , , , ,

Pages

//