समाचार
आर्थिक अवस्था बलियो प्रमाणित
सेवा प्रकार:
लाग्ने समय:
सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष ̷ वडा सदस्य ̷ वडा सचिव सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
स्थानीय तहको निर्णयानुसार
आवश्यक कागजातहरु:
- निवेदन पत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपि
- जग्गा धनी प्रमाणपुर्जा
- आयश्रोत भए आयस्रोत खुल्ने कागजात
- अन्य आवश्यक कागजात
- चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पति कर र बाहाल तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
- सर्जमिन मुचुल्का
प्रक्रिया:
- निवेदन सहित तोकिएको कागजातहरु पेस गर्ने
- वडा अध्क्ष ̷ वडा सदस्य ̷ वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
- तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने
- निवेदकले तोकिएको शुल्क बुझाउने
- चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने।