FAQs Complain Problems

जग्गा मूल्याङ्कन सिफारिस प्रमाणित

लाग्ने समय: 
सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष ̷ वडा सदस्य ̷ वडा सचिव सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
स्थानीय तहको निर्णयानुसार
आवश्यक कागजातहरु: 
  • नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र
  • जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि
  • जग्गाको आसपासको चलन चल्तीको मूल्य प्रक्षेपण
  • हालसालै आसपासको खरिद बिक्री भएको भए सो प्रमाण वा सर्जमिन मुचुल्का
  • चालु आ.व. सम्मको मालपोत र घरजग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद कर निर्धारण स्वीकृत भएको कागजपत्र
प्रक्रिया: 
  • निवेदन सहित तोकिएको कागजपत्र पेश गर्ने
  • वडा अध्यक्ष /वडा सदस्य/ वडा सचिवले प्राबिधिक कर्मचारीलाई तोक आदेश गर्ने
  • निवेदन दर्ता गर्ने
  • तोकिएको प्राबिधिक कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी मूल्याङ्कन तयार गर्ने
  • निवेदकले तोकिएको शुल्क बुझाउने
  • चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने

जन प्रतिनिधि

वडा कर्मचारी