समाचार
नागरिकता र प्रतिलिपि सिफारिस
सेवा प्रकार:
लाग्ने समय:
सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष ̷ वडा सदस्य ̷ वडा सचिव सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
स्थानीय तहको निर्णयानुसार
आवश्यक कागजातहरु:
- निवेदन पत्र र आमा ̷ बाबुको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
- जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि
- विवाहित महिलाको हकमा पति ̷ आमा ̷ बुवाको नागरिकाता प्रमाणपत्रको प्रतिलिपि
- चारित्रिक प्रमाणपत्रको प्रतिलिपि(बिद्यार्थीको हकमा)
- विवाह दर्ताको प्रतिलिपि (विवाहितको हकमा)
- बसाई सरी आएको हकमा बसाईसराईको प्रमाण पत्रको प्रतिलिपि
- दुवै कान देखिने पासपोर्ट साईजको फोटो २ प्रति
- चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
- कर्मचारी परिवारको हकमा सम्बन्धित कार्यालयको सिफारिस
- प्रतिलिपि नागरिकताको हकमा पुरानो नागरिकाताको प्रतिलिपि
प्रक्रिया:
- निवेदन सहित तोकिएको कागजातहरु पेस गर्ने
- वडा अध्यक्ष ̷ वडा सदस्य ̷ वडा सचिवले सम्बन्धित कर्माचारीलाई तोक आदेश गर्ने
- निवेदन दर्ता गर्ने
- तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने
- निवेदकले तोकिएको शुल्क बुझाउने
- चलानी गरी निवेदकलाई सिफारिस उपलबध गराउने
- तोकिएको ढाँचामा नागरिकता सिफारिसको अभिलेख राख्ने ।