समाचार
विवाह प्रमाणित
सेवा प्रकार:
लाग्ने समय:
सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष ̷ वडा सदस्य ̷ वडा सचिव सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
स्थानीय तहको निर्णयानुसार
आवश्यक कागजातहरु:
- दुलाहा दुलहीको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
- बसाइ सरी आएको हकमा बसाईसराई दर्ता प्रमाणपत्र
- दुलाह दुलही दुबै उपस्थित भई सनाखत हुनुपर्ने
- चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
- वि.स. २०३४ पछिको हकमा विवाह दर्ता प्रमाण पत्रको प्रतिलिपि
प्रक्रिया:
- निवेदन सहित तोकिएको कागजात पेश गर्ने
- वडा अध्यक्ष/वडा सदस्य/वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
- निवेदन दर्ता गर्ने
- तोकिएको कर्मचारीले आवश्यकता अनुसार स्थलगत सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने
- निवेदकले तोकिएको शुल्क बुझाउने
- चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने