FAQs Complain Problems

घर बाटो प्रमाणित

सेवा प्रकार:

लाग्ने समय: 
सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष ̷ वडा सदस्य ̷ वडा सचिव सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
स्थानीय तहको निर्णयानुसार
आवश्यक कागजातहरु: 
  • निवेदन(बाटोको नाम, टोल समेत खुलाउने) नागरिकता प्रमाणपत्रको प्रतिलिपि
  • जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि
  • जग्गा रहेको क्षेत्रको प्रमाणित सक्कल नापी नक्सा
  • चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
  • लिने दिने दुबै ब्यक्ति नागरिकता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि सहित उपस्थित हुनुपर्ने वा निजहरुले दिएको अधिकृत वारेसको प्रमाणित प्रतिलिपि
  • स्थलगत  निरीक्षण प्रतिबेदन
प्रक्रिया: 
  • निवेदन सहित तोकिएको कागजात पेश गर्ने
  • वडा अध्यक्ष/वडा सदस्य/वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
  • निवेदन दर्ता गर्ने
  • तोकिएको कर्मचारीले आवश्यकता अनुसार स्थलगत सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने
  • निवेदकले तोकिएको शुल्क बुझाउने
  • चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने

जन प्रतिनिधि

वडा कर्मचारी

//