सहिद लखन गाउँपालिकाको आर्थिक वर्ष २०८१/८२ को वार्षिक समीक्षा कार्यक्रम आज मिति २०८२।०४।१६ गते गाउँपालिकाको बहुउद्देश्यीय सभाहलमा सम्पन्न गरियो। यस कार्यक्रमको अध्यक्षता गाउँपालिकाका अध्यक्ष श्री रमेश बाबु थापा मगरज्यूले गर्नुभएको थियो र कार्यक्रममा गोरखा जिल्ला समन्वय समितिका उपप्रमुख श्री लिला परियारज्यू प्रमुख अतिथिको रूपमा उपस्थित हुनुभएको थियो। साथै कार्यक्रममा गाउँपालिका उपाध्यक्ष श्री इन्दिरा तिवारीज्यू, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री बाबुराम मगरज्यू, १ देखि ९ नं वडाका वडा अध्यक्षज्यूहरू, गाउँ कार्यपालिका सदस्यज्यूहरू, शिक्षा समितिका सदस्यज्यूहरू लगायत गाउँसभा सदस्यज्यूहरू
आज मिति २०८२।०४।०४ गते यस गाउँपालिकाका अध्यक्ष रमेश बाबु थापा मगरले उपाध्यक्ष, वडा अध्यक्षहरू, गाउँ कार्यपालिका सदस्यहरू तथा प्रमुख प्रशासकीय अधिकृतसँग चालू आव २०८२/०८३ को लागि कार्यसम्पादन करार सम्झौता सम्पन्न गर्नुभएको छ।