मिति २०८०।०४।२९ गते यस शहिद लखन गाउँपालिकाका प्रशासकीय प्रमुख बाबुराम मगर द्बारा सबै वडा सचिवहरुलाई र कृषि अधिकृत ऋषि रोकाद्बार वडा अन्तरगत रहेका सम्पुर्ण कृषि तथा पशु प्राविधिकहरु बिच कार्यसम्पादन कारार सम्झौता गरियो ।
समाचार
ग्यालरी
मिति २०८०।०४।१५ गते बसेको कार्यपालिका बैठकमा यस शहिद लखन गाउँपालिकाका अध्यक्ष रमेश बाबु थापा मगर ज्यूद्बारा उपाध्यक्ष ईन्दिरा तिवारी, प्रमुख प्रशासकीय अधिकृत बाबुराम मगर र सबै कार्यपालिका सदस्यहरु तथा प्रमुख प्रशासकीय अधिकृतद्बारा सम्पुर्ण साखा प्रमुखहरु बिच कार्यसम्पादन कारार सम्झौता गरियो ।
आज मिति २०८०।०३।१९ गतेका दिन यस शहिद लखन गाउँपालिकाका प्र. प्र. अ. बाबुराम मगर, लेखा अ. सन्तोष लामिछाने र आ. ले. प. दुर्गा बिष्टको उपस्थितिमा यस शहिद लखन गाउँपालिका भित्र रहेका सबै वडाका सचिव तथा कार्यालय साहायकहरुलाई आगामि आ. व. २०८०।८१ देखि लागु हुने स्थानीय तह संचित कोष व्यवस्थापन प्रणाली ( Sutra) को राजश्व मोड्युल सम्बन्धी तालिम प्रदान गरियो।
शहिद लखन गाउँपालिकाका अध्यक्ष रमेश बाबु थापा मगर , उपाध्यक्ष इन्दिरा तिवारी, प्र.प्र.अ. बाबुराम मगर, लेखा अ. सन्तोष लामिछाने, ई. राजन रानाभाट, ई. मेघनाथ प्रसाद यादव, अ. स. ई. सहदेव गौतम तथा कोष तथा लेखा नियन्त्रक कार्यालय, गोरखाका प्रमुख महेन्द्र प्रसाद भण्डारी सहितको टोलिका साथ निम्न योजनाहरु अनुगमन गरियो ।
- शहिद लखन १५ शैया अस्पताल ( शहिद लखन-५ ,तिनमाने)
- देउराली ओयाक रानिश्वरा तिनघरे चिसापानी तिनमाने घैरुङ्ग सडक स्तरोन्नती
- शहिद लखन गाउँपालिकाको प्रशासकिय भवन













शहिद लखन गाउँपालिकाका अध्यक्ष रमेश बाबु थापा मगर , उपाध्यक्ष इन्दिरा तिवारी, वडा नं ६ र ४ का वडाध्यक्ष क्रमश दिलिप नारायण थापा, यम बहादुर थापा, प्र.प्र.अ. बाबुराम मगर, कृषि अ. ऋषि रोका तथा गाउँपालिका भित्र रहेका कृषकहरुको उपस्थितिमा यस शहिद लखन गाउँपालिका पशु सेवा शाखाको वार्षिक स्विकृत कार्यक्रम अन्तर्गत दुधजन्य परिकार खुवा र पनिर बनाउने तालिमको आज मिति २०८०।०३।१४ गते उद्घाटन गरीयो ।
शहिद लखन गाउँपालिकाको आयोजनामा आयोजित दुई दिने एकिकृत पाठ्यक्रम सम्बन्धी कस्टमाइज्ड तालिम शहिद लखन गाउँपालिकाका आदरणिय अध्यक्ष रमेश बाबु थापा मगर , उपाध्यक्ष इन्दिरा तिवारी, प्र.प्र.अ. बाबुराम मगर, शिक्षा अ. राजेन्द्र खनाल, सहजकर्ता शिक्षा तालिम केन्द्रका अधिकृत दामोदर कार्कि, शिक्षा समन्वयनकर्ता मोहनराज बिष्ट, सूचना प्र. अ. अर्बिन थापा लगायत गाउँपालिका भित्र रहेका विद्यालयका सहभागी शिक्षकहरु बिच आज मिति २०८०।०३।१४ गतेका दिन उद्घाटन गरीयो र यस तालिम २ दिन सम्म सञ्चालन हुनेछ ।
शहिद लखन गाउॅंपालिकाको आदरणीय अध्यक्ष श्री रमेश वावु थापा मगर , वडा नं ४ का वडाध्यक्ष श्री याम वहादुर थापा ,भरतपुर अस्पतालमा कार्यरत नाक ,कान,घाटी रोग विशेषज्ञ डा. लाल वहादुर गुरूगंको उपस्थितिमा प्रयोगात्मक अभ्यास सहितको स्वास्थ्यकर्मीहरूको लागि नाक ,कान ,घाटीका रोगहरू सम्बन्धि २ दिने अभिमुखिकरण कार्यक्रम सफलतापुर्वक सम्पन्न गरियो।













" सकेसम्म स्वदेशमै रोजगारी गरौ, यदि विदेश जाने नै भए सहि सूचना लिएर र सीप सिकेर जाऔं " भन्ने नाराका साथ गाउँपालिकाको सहकार्यमा सुरक्षित आप्रवासन (सामी) द्बारा यस गाउँपालिकाका उपाध्यक्ष इन्दिरा तिवारी, प्र. प्र. अ. बाबुराम मगर साथै बैंक तथा वित्तिय संथाहरुका प्रमुख / प्रतिनिधिहरुको उपस्थितिमा गाउँपालिका भित्र सेवा प्रवाह गर्ने बैंक तथा वित्तीय संस्थाहरुसंग समन्वयात्मक बैठक आज मिति २०८०।०३।१० गते यसै गाउँपालिकाको सभा हलमा सम्पन्न गरियो ।
आज मिति २०८०।०३।०७ गते बिहिबारका दिन शहिद लखन गाउँपालिकाले तेह्रौँ गाउँ सभा मार्फत आगामी आर्थिक वर्ष २०८०।८१ को नीति तथा कार्यक्रम र वार्षिक बजेट पेश गरी पारित गरेको छ । गाउँपालिकाले ६३ करोड ३० लाख १० हजार बराबरको बजेट पारित गरेको छ ।बजेटले कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन लगायतका क्षेत्रमा प्राथमिकता निर्धारण गरी बजेट विनियोजन गरेको छ । बाह्य क्षेत्र सन्तुलनमा देखिएको दबाबलाई न्यूनीकरण गर्नका लागि पैठारी नियमन गर्ने संघीय नीतिले गर्दा वस्तु पैठारीमा आएको संकुचनका कारण राजस्व असुली घट्न गई स्थानीय तहहरुले प्राप्त गर्ने वित्तीय समानिकरण, राजश्व अनुदान लगायतका अनुदानहरुमा न्यूनता हुने भएकोले आगामी आर्थिक वर्षको बजेटको आधार चालु आर्थिक वर्षको तुलनामा कमी आएको छ ।चालु आर्थिक वर्ष २०७९।८० का लागि प्रक्षेपण गरिएको आन्तरिक आयको लक्ष्य रु १ करोड २१ लाख ३ हजार ५ सय रहेकोमा २०७९ श्रावण देखि २०८० जेठ मसान्तसम्म संकलन भएको राजश्व रु १ करोड ७५ लाख ८७ हजार ५ सय ८५ रहेको छ । जुन लक्ष्यको अनुपातमा करिब १४५ प्रतिशत रहेको छ ।गाउँपालिकाको आगामी नीति तथा कार्यक्रम तर्जुमाका लागि विभिन्न चरणमा प्रत्यक्ष,अप्रत्यक्ष रुपमा सहभागी भई सल्लाह,सुझाव, राय तथा परामर्श दिनुहुने राजनीतिक दल, विज्ञ सल्लाहकार समूह, नागरिक समाज तथा पत्रकार जगत्, नीजि क्षेत्र, जनप्रतिनिधि, राष्ट्रसेवक कर्मचारी तथा शिक्षक अगायत गाउँपालिकाका आम नागरिकहरुलाई गाउँपालिकाको तर्फबाट धन्यबाद व्यक्त गर्दै यसको कार्यान्वयमा समेत सहयोग तथा सहकार्यको अपेक्षा गर्दछौ ।











आधारभूत तथा माध्यमिक तहका IT स्राेत शिक्षकहरुलाई सूचना प्रविधि सम्बन्धि २ दिने क्षमता विकास तालिम श्री हिमालय माध्यमिक विद्यालय शहिद लखन गापा ६ घैरुङ्गमा सम्पन्न भएकाे छ। तालिममा शिक्षा तालिम केन्द्र दमाैलिबाट विदुरहरी आचार्य तथा शिक्षक अनुपबाबु श्रेष्ठले सहजीकरण गर्नुभएकाे थियाे ।









