आज मिति २०८०।०२।२४ गते यस शहिद लखन गाउँपालिकाको आयोजनामा ७ नं. वडाका वडा अध्यक्ष श्री शरण श्रेष्ठ ज्यू, प्रमुख अथिति रमेश बाबु थापा मगरज्यू(अध्यक्ष) तथा विशेष अथिति इन्दिरा तिवारीज्यू (उपाध्यक्ष) लगायत ७,८ र ९ नं. वडाका नागरिक, व्यवसायी तथा सरोकारवालाहरुको उपस्थितिमा स्थानीय तहका करका दर, दायरा तथा गा.पा.को राजश्वको अवस्थाको बारेमा अन्तरक्रिया गरी राजश्व सुधारका लागि जनतासंग गाउँपालिका कार्यक्रमको दोस्रो दिन सम्पन्न भएको छ। समन्वय गरिदिने वडा कार्यालयहरु तथा उपस्थित सम्पूर्ण करदाता तथा वडावासीहरु प्रति हार्दिक आभार प्रकट गर्दछौ ।
समाचार
ग्यालरी
मिति 2080/02/23 गते यस शहिद लखन गाउँपालिकाको ६ नं. वडा कार्यलयमा कार्य वहाक वडाध्यक्ष श्री नर ब. पुडासैनीको अध्यक्षता, प्रमुख अथिति रमेश बाबु थापा मगर( अध्यक्ष) तथा विशेष अथिति प्र.प्र.अ. श्री बाबुराम मगरज्यूको उपस्थितिमा स्थानीय तहका करका दर, दायरा तथा गाउँपालिकाको राजश्वको अवस्थाको बारेमा छलफल गरी राजश्व सुधारका लागि जनतासंग गाउँपालिका कार्यक्रम सम्पन्न। वेस्तताका वावजुत पनि उल्लेख्य सहभागिता भएकोमा सबैलाई धन्यवाद।
शहिद लखन गाउॅंपालिका खोप समन्वय समिति संयोजक ( गाउॅंपालिकाको आदरणीय अध्यक्ष) श्री रमेश बाबु थापा मगर ज्यूको अध्यक्षतामा पुर्ण खोप पालिका घोषणा तथा दिगोपना सुनिश्चितता कार्यक्रम सम्पन्न गरियो । हाम्रो निमन्त्रणालाई स्वीकार गरेर कार्यक्रमलाई सफल वनाउन उपस्थित हुनु भएका स्वास्थ्य कार्यालय गोरखाको ज.स्वा.नि. नानि वावु दानि , प्र.प्र.अ. बाबुराम मगर, वडा अध्यक्षहरू दिलिप थापा र वासुदेव ढकाल , कार्यपालिका सदस्यहरू कृष्ण प्रजा र लुना थापा , वडा नं ६ का वडा सदस्यहरू , सवै स्वास्थ्यकर्मी साथीहरू , स्वयम सेविकाहरू र वडा नं ६ का आमा , दिदि वहिनिहरू समपुर्णमा हार्दिक आभार प्रकट गर्दछौ ।






















शहिद लखन गाउँपालिका, गोरखाको आयोजनामा शहिद लखन गाउँपालिका भित्र कार्यक्षेत्र रहेका सहकारी संस्थाहरुको संस्थागत क्षमता विकास सम्बन्धि दुई दिने तालिम कार्यक्रमको पहिलो दिन शहिद लखन गाउँपालिकाका अध्यक्ष श्री रमेश बाबु थापा मगर, प्रमुख प्रशासकीय अधिकृत श्री बाबुराम मगर तथा नेपाल कृषि सहकारी केन्द्रिय संघका संचालक समिति सदस्य श्री कृष्ण बाबु श्रेष्ठको उपस्थितिमा जिल्ला सहकारी संघ, गोरखाका अध्यक्ष श्री बाबुराम कोइराला तथा जिल्ला सहकारी संघ, गोरखाका उपाध्यक्ष श्री रामबाबु श्रेष्ठको प्रशिक्षणमा सम्पन्न भयो । (मितिः २०८० जेठ १७ गते)









शहिद लखन गाउँपालिकाभित्रका एकल महिलाहरुका लागि वित्तीय साक्षरता सम्बन्धी अभिमुखिकरण कार्यक्रम गाउँपालिकाका उपाध्यक्ष श्री इन्दिरा तिवारीज्यूको अध्यक्षतामा प्रमुख अतिथि शहिद लखन गाउँपालिकाका अध्यक्ष श्री रमेश बाबु थापा मगर, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री बाबुराम मगर, वडा नं ४ का वडा अध्यक्ष श्री याम बहादुर थापा लगायतका व्यक्तित्वहरुबो उपस्थिति रहेको थियो। कार्यक्रममा प्रशिक्षक श्री सन्जय राना मगर र श्री अमिन गुरुङ्गले वित्तीय साक्षरता सम्बन्धी प्रशिक्षण प्रदान गर्न भयो। (मितिः २०८०।०२।१९)








योग शिक्षा तथा आयुर्वेद सम्बन्धी ज्ञानलाई विद्यालयको तहमा पुर्याउन शहिद लखन गाउँपालिकाको समन्वय तथा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, गोरखाको आयोजनमा मिति २०८०।०२।११ देखी आजको मिति २०८०।०२।१४ गते सम्म यस गाउँपालिका भित्रका रहेका आधारभूत तह (कक्षा १-८) तथा माध्यमिक तह सञ्चालित विद्यालयका शिक्षकहरुलाई "विद्यालय आयुर्वेद तथा योग शिक्षा कार्यक्रम" सम्बन्धी ४ दिने तालिम सम्पन्न गरियो ।
साथै जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, गोरखावाट पाल्नुभएका प्रशिक्षक तथा कर्मचारीहरु प्रति आभार व्यक्त्त गर्दछौ ।
मिति २०८०।०२।१२ देखि २०८०।०२।१२ गते सम्म यस शहिद लखन गाउँपालिकाका अध्यक्ष रमेशबाबु थापा मगर, उपाध्यक्ष ईन्दिरा तिवारी, प्र. प्र.अ.
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, गोरखावाट आउनु भएका प्रशिक्षक द्बारा यस गाउँपालिकाको सभा हलमा मिति २०८०।०२।१२ गते यस शहिद लखन गाउँपालिकाको अध्यक्ष रमेशबाबु थापा मगर, प्र. प्र.अ. बाबुराम मगर साथै अन्य कर्मचारी र यस गाउँपालिका भित्रका रहेका आधारभूत तह (कक्षा १-८) तथा माध्यमिक तह सञ्चालित विद्यालयका शिक्षकहरुलाई योग अभ्यास गराई "विद्यालय आयुर्वेद तथा योग शिक्षा कार्यक्रम" को दोस्रो दिन सम्पन्न गरीयो ।
शहिद लखन गाउँपालिकाको समन्वय तथा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, गोरखाको आयोजनमा आज मिति २०८०।०२।११ देखी मिति २०८०।०२।१४ गते सम्म यस गाउँपालिका भित्रका रहेका आधारभूत तह (कक्षा १-८) तथा माध्यमिक तह सञ्चालित विद्यालयका शिक्षकहरुलाई "विद्यालय आयुर्वेद तथा योग शिक्षा कार्यक्रम" सम्बन्धी ४ दिने तालिमको पहिलो दिन जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, गोरखाका अध्यक्ष रमेश कुमार श्रेष्ठको अध्यक्षता तथा यस शहिद लखन गाउँपालिकाको अध्यक्ष रमेशबाबु थापा मगर, उपाध्यक्ष ईन्दिरा तिवारी, प्र. प्र.अ.


मिति २०८०।०२।१० गते यस शहिद लखन गाउँपालिकाको अध्यक्ष रमेशबाबु थापा मगर, प्र. प्र. अ. बाबुराम मगर सथै अन्य शाखा प्रमुख र कर्मचारीहरुको उपस्थितिमा बौदीकाली गाउँपालिका, नवलपरासी वाट रमाना भई यस गाउँपालिका अन्तर्गत रहेको मनकामना आयुर्वेद औषधालयको प्रमुखको रुपमा आउनु भएका बरिष्ठ कविराज डोलराज पौडेल ज्यूको स्वागत गरियो ।
साथै रमाना भई आउनुभएका बरिष्ठ कविराज डोलराज पौडेल ज्यूलाई नया कार्यकालको शुभकामना ।